सुनको मूल्य थप घट्यो, कतिमा झर्यो ?



काठमाडौं, जेठ १४
नेपाली बजारमा आज सुनचाँदीको मूल्य तोलामा थप दुई सय रुपैयाँ घटेको छ । हिजो सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५८ हजार सात सय रुपैयाँ कायम भएको छ । हिजो मात्रै सुन तोलामा तीन सय रुपैयाँले घटेको थियो ।

चाँदीको मूल्य आज यथावत छ । हिजो मात्रै तोलामा १० रुपैयाँ घटेर प्रतितोला सात सय ७० मा झरेको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्