कर्मचारीको तलब बृद्धि भएन



काठमाडौं, जेठ १५

सरकारले कर्मचारीको तलब बृद्धि नगर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कर्मचारीको तलब बृद्धि नगरेको भए पनि कर्मचारीको महंगी भत्ता भने बढाइएको बताउनुभयो ।

कर्मचारीले अब महंगी भत्ता बापत २ हजार रुपैयाँ थप पाउने भएका छन् । यस्तै कर्मचारी र शिक्षकको पोशाक भत्ता पनि बृद्धि भएको छ । अब वार्षिक रुपमा कर्मचारी तथा शिक्षकले १० हजार रुपैयाँ पोशाक भत्ता पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News