मुख्यमन्त्री कार्यालयमा ल्याइएको पिठोमा किरा, तुरुन्तै बजार अनुगमन


 


धनगढी, जेठ १५
प्रदेश नम्बर ७ को मुख्यमन्त्री कार्यालयमा पिठोमा किरा देखिएपछि मंगलबार धनगढी बजार क्षेत्रका किराना पसलमा अनुगमन गरिएको छ ।

मुख्यमन्त्री कार्यालयले धनगढीस्थित कैलाली मोडेल स्कुल नजिक रहेको एक पसलबाट ल्याएको पिठोमा किरा फेला परेपछि सो पसलसहित धनगढीका अन्य किराना पसलहरुमा अनुगमन गरिएको हो ।

मुख्यमन्त्री भट्टको निवास अगाडि रहेको नाम नै नरहेको किराना पसलबाट लिइएको पिठोमा किरा देखिएको थियो । जुन पसल अनुगमनका क्रममा दर्ता नै नभएको फेला परेको छ ।

जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुणनियन्त्रण कार्यालय र वाणिज्य कार्यालयको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा सो पसलसहित उक्त पसलले सामान खरिद गरिने धनगढीकै बिरबेताल स्टोरमा समेत अनुगमन गरेको छ । अनुगमनकै क्रममा फेला परेको पिठोलगायत केही खाद्य सामाग्री नष्ट गरिएको छ ।

अनुगमन टोलीले चौराह चटकपुर र बसपार्क क्षेत्रका गरि दश वटा पसलहरुमा समेत अनुगमन गरेको गरेको वाणिज्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख कमल पुनः मगरले जानकारी दिए ।

प्रकाशित मिति: १५ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्