प्रदेश ७ मा कैलालीमा बढी बजेट, कुन जिल्लामा कति ?


 


धनगढी, जेठ १६
सरकारले मंगलबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै सात नम्बर प्रदेशका लागि १४ अर्ब २५ करोड २५ लाख रुपैयाँ छुट्याएको छ ।

सरकारले प्रस्तुत गरेको १३ खर्ब १५ अर्ब बजेटबाट प्रदेश सरकारहरुका लागि छुट्याएको १ अर्ब १३ अर्ब ४३ करोड १४ लाख रुपैयामध्ये सात नम्बर प्रदेशका लागि १४ अर्ब २५ करोड २५ लाख रुपैयाँ छुट्याएको हो । सात नम्बर प्रदेशको बजेटबाट सबैभन्दा बढी कैलालीका लागि ४ अर्ब १७ करोड २९ लाख रुपैयाँ छुट्याइएको छ ।

डोटीका लागि १ अर्ब ९४ करोड ५५ लाख, अछामका लागि २ अर्ब ४५ करोड ९८ लाख, बाजुराका लागि १ अर्ब ७८ करोड ५ लाख, बझाङका लागि २ अर्ब ७३ करोड ७७ लाख, दार्चुलाका लागि २ अर्ब ९ करोड ८ लाख, बैतडीमा २ अर्ब ४२ करोड ५७ लाख, डडेल्ध’रामा १ अर्ब ५२ करोड ७६ लाख र कञ्चनपुरमा २ अर्ब ५६ करोड ७१ लाख रुपैया छुट्याइएको छ ।

सरकारले सबैभन्दा बढी प्रदेश नम्बरमा १ लाई १९ अर्ब ८८ करोड ७० लाख र सबैभन्दा कम प्रदेश नम्बर ४ लाई १३ अर्ब २७ करोड ८६ लाख रुपैयाँ बजेट परेको छ ।

त्यस्तै, प्रदेश नम्बर २ को भागमा १६ अर्ब १९ करोड ७२ लाख, प्रदेश नम्बर ३ लाई सरकारले १६ अर्ब ५८ करोड ५३ लाख, प्रदेश नम्बर ५ को भागमा १६ अर्ब ५४ करोड र प्रदेश नम्बर ६ अर्थात कर्णाली प्रदेशको भागमा सरकारले १६ अर्ब ६९ करोड ३५ लाख रुपैयाँ बजेट परेको छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्