उर्लाबारीमा बिसने रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न 


 


उर्लाबारी, जेठ १६

जेष्ठ नागरिक जिल्ला संघ मोरङको आयोजनामा आज उर्लाबारीमा अल्जाईमर्स (बिर्सने रोग) सम्बन्धी एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।  उर्लाबारी – ७ स्थित परोपकार सेवा केन्द्रमा जेष्ठ नागरिक क्षेत्रिय समिति मोरङ १ को संयोजनमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा लाईफलाईन अस्पताल दमकका डा. मुक्तिनाथ भट्टराई र मंगलबारे अस्पताल उर्लाबारीका डा. राज झाले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा अल्जाईमर्स रोग लाग्नुका कारण, रोगबाट बच्ने उपायहरु ल्गायतका विषयमा प्रशिक्षण दिईएको थियो । कार्यक्रममा उर्लाबारी, मिक्लाजुङ, लेटाङ लगायतका क्षेत्रबाट ३ सय जना जेष्ठ नागरिकहरु सहभागी भएको कार्यक्रमका संयोजक डिल्लीप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

कार्यक्रम जेष्ठ नागरिक केन्द्रिय संघका सदस्य जगदिश ओलीको प्रमुख आतिथ्यता तथा जेष्ठ नागरिक जिल्ला संघ मोरङका अध्यक्ष जगतप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गंगाप्रसाद खरेल, जयधर्म आचार्य, दुर्गा निरौला, मणिप्रसाद अर्याल, गोमा भण्डारी लगायतले शूभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन क्षेत्रिय समितिका संयोजक डिल्लीप्रसाद काफ्लेले गर्नुभएको थियो ।

प्रकाशित मिति: १६ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्