ध्वनी पत्नी साक्षीलाई असुरक्षा, मागिन् हतियारको लाइसेन्स


 


राँची, असार ६
भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीकी पत्नी साक्षीले राँची जिल्ला प्रशासनमा हतियारको लाइसेन्सका लागि आवेदन दिएकी छन् ।

आधिकारिक स्रोतकाअनुसार राँचीले आफू असुरक्षित महसुश गरेपछि हतियारका लागि आवेदन दिएकी हुन् । उनी अधिकतम समय राँचीमै एक्लै बस्ने गर्छिन् ।

साक्षीले अपीलमा भनेकी छन्, मलाई कामका लागि एक्लै हिड्नुपर्छ र आफ्नो सुरक्षाको पनि डर लाग्छ ।’

धोनीसंग भने पहिलेदेखि नै हतियारको लाइसेन्स छ । धोनी आफ्नो परिवारसंगै डालाडालीस्थित फार्महाउलमा सरेका छन् । पहिले उनी हर्मू हाउसिंह कोलोनीमा बस्दै आएका थिए ।

प्रकाशित मिति: ६ असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्