विश्वकप फुटबलः आज कुन-कुन टीमले खेल्दैछन् ?


 


काठमाडौं, असार १०
रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आज तीनवटा खेल हुँदैछन् । समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह जी मा रहेका इङ्ल्याण्ड र पानामाबीच प्रतिस्पर्धा हुँदैछ।

खेल निज्नी नोभागोरोड रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरु हुनेछ। आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले ट्युनिसियालाई २–१ ले पराजित गर्दा पानामा बेल्जियमसँग ३–० ले हारेको थियो। अघिल्लो चरण प्रवेश गर्न पानामालाई यो खेल जित्नैपर्ने दबाब छ। अ

घिल्लो चरण प्रवेश गर्न पानामालाई यो खेल जित्नैपर्ने दबाब छ। त्यस्तै, दोस्रो खेलमा बेलुका ८ः४५ बजे समुह एचका जापान र सेनेगल भिड्नेछन्।

यो खेल इकाटेरिनबर्ग एरिना रंगशालामा हुनेछ। जापानले पहिलो खेलमा कोलसिम्बयालाई २–१ र सेनेगलले पनि पोल्याण्डलाई २–१ ले नै पराजित गरेका थिए।

आजको अन्तिम खेल पोल्याण्ड र कोलम्बियाबीच हुनेछ । जुन खेल नेपाली समयअनुसार राती ११ः४५ मा हुनेछ । अघिल्लो चरणको यात्रा तय गर्न दुवै टोलीलाई खेल जित्नैपर्ने दबाब छ।

प्रकाशित मिति: १० असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्