तालिबानका प्रमुख कमाण्डरसहित १२ जना मारिए



अफगानिस्तान, असार १२

अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको एक जिल्लामा तालिबान आतङ्ककारीले गरेको आक्रमणको जवाफी कारबाहीका क्रममा तालिबानका एक प्रमुख कमाण्डर नै मारिएका छन् ।

सो कारबाहीमा परी अन्य १२ जना आतङ्ककारी मारिएका छन् । सैनिक प्रवक्ता मोहमद हानीफ रेजाईले सोमबार सो जानकारी दिनुभएको छ ।

फर्याब प्रान्तको घोर्माच जिल्लामा आज सयौँको सङ्ख्यामा आएका तालिबान आतङ्ककारीको आक्रमणपछि सुरक्षा अधिकारीहरूले गरेको जवाफी कारबाहीमा तालिबानका प्रमुख कमाण्डर मुल्लाह वारिस र अन्य १२ जना तालिबान मारिएका हुन् ।

तालिबान आतङ्ककारी र सुरक्षा अधिकारीहरूबीच भएको दोहोरो झडपमा परी अन्य १९ भन्दा बढी आतङ्ककारी घाइते भएका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News