आफ्नै घरमा गौहत्या गर्ने चार जना पक्राउ



नेपालगन्ज, असार २०

नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा गौहत्या गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान आफ्नै घरमा गौहत्या गरेका मोहम्मद इलियास जोलाहा, उनकी श्रीमती गुडी जोलाहा, छोरा सदाम जोलाहा र भतिजा अकब अली जोलाहालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुमाथि गौहत्यासम्बन्धी मुद्दा चलाइने बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताउनुभयो । पक्राउ परेका मोहम्मद इलियास जोलाहालाई यसअघि अदालतले ठगी मुद्दामा चार वर्ष कैद गरेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News