सशस्त्रका पाँच एआईजीको संयुक्त राजीनामा


 


काठमाडौं, असार २१

सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले बिहीबार संयुक्त राजीनामा बुझाएका छन् । गतवर्ष भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आचारसंहिताको बेला एआईजीमा बढुवा भएका जानकीराज भट्टराई, निराकार विक्रम शाह, सुबोधकुमार अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठले राजीनामा बुझाएका हुन् ।

उनीहरुले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालमार्फत राजीनामा दिएका हुन् । एआइजीहरुको राजीनामा महानिरीक्षक खनालले गृह मन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाएका छन् ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आचारसंहिताका बेला शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सम्पूर्ण निर्णय बदर गर्ने निर्णय गरेसँगै उनीहरुले पनि राजीनामा दिएको बताइएको छ ।

प्रकाशित मिति: २१ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्