प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध



काठमाडौँ, असार २२

प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । काँग्रेसले आमरण अनशरत डा गोविन्द केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा छलफलका लागि कार्यसूचीमा ल्याउन माग गर्दै दोस्रो बैठक पनि अवरुद्ध गरेको हो ।

संसद्को बैठक शुरु हुनेबित्तिकै नेपाली काँग्रेसका सांसदहरु आ–आफ्नो सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले तपार्इंहरुको माग अर्को बैठकको कार्यसूचीमा आउने जानकारी गराउनुभयो ।

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले डा केसीको जीवनरक्षासम्बन्धी सार्वजनिक महत्व संसद्मा दर्ता भएको हुँदा सो प्रस्तावलाई छलफलमा नल्याएसम्म बैठक चल्न नदिने जानकारी गराउनुभयो ।

सभामुखको पटक पटकको आग्रहपछि पनि नेपाली काँग्रेसका सांसदहरु उठिरहेपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

संसद्को अर्को बैठक असार २५ गते सोमबार दिनको १ः०० बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News