नेपालमा पूँजीवाद कमजोर हुँदै गएको छ : नेता खनाल


 


नेपालगञ्ज, असार २२

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेपालमा पूँजीवाद क्रमशः कमजोर हुँदै गएको बताउनुभएको छ । माक्र्स द्विशतवार्षिकीका अवसरमा आज यहाँ आयोजना गरिएको ‘माक्र्सवाद, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजवाद’ विषयक प्रादेशिक गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “हामी अहिले समाजवादउन्मुख छौँ, नेपालको समाजवादको आप्mनो छुट्टै विशेषता भएकाले त्यसैका आधारमा विकास र समृद्धिको मार्गचित्र तय गर्नुपर्छ ।”

उहाँले आफ्नो वर्ग शत्रु र मित्रलाई चिनेर मात्र कम्युनिष्ट आन्दोलनको लक्ष्य पूरा हुने भएकाले अब मुलुकका कम्युनिष्टले गुटगत राजनीति छाड्नै पर्छ भन्नुभयो ।

माक्र्सवादी सिद्धान्त सधैँ जीवन्त भइरहने बताउँदै नेता खनालले यही सिद्धान्तका आधारमा कम्युनिष्ट आन्दोलनको दिशा पनि तय हुने गरेको उल्लेख गर्नुभयो । रासस

प्रकाशित मिति: २२ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्