उरुग्वेलाई हराउँदै फ्रान्स सेमिफाइनलमा


 


असार,२२.

दुई पटकको विश्वविजेता उरुग्वेलाई पराजित गर्दै फ्रान्स २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको पहिलो क्वार्टरफाइनल खेलमा फ्रान्सले उरुग्वेमाथि २-० को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। फ्रान्स छैटौं पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो। अब फ्रान्सले फाइनल प्रवेशका लागि ब्राजिल र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

फ्रान्सले खेलको ४० मिनेटमा अग्रता लियो डिबक्स बाहिरबाट एन्टोनी ग्रिजम्यानले हानेको फ्रिकिकमा डिफेन्डर राफायल भारानले हेडमार्फत  गोल गरेका थिए।

उरुग्वेले बराबरी गोल फर्काउन गरेको प्रयास मा लागी फ्रान्सका गोलकिपर हुगो लोरिस बाधक बने। फ्रिकिक बलमा काकेरेसले सिक्स यार्डबाट हानेको उत्कृष्ट हेडर लाई लोरिसले उतिकै उत्कृष्ट बचाउ गरेका थिए।जसको कारण उरुग्वेले बराबरी गोल फर्काउन सकेन,खेल को

 ६१ मिनेटमा फ्रान्सले अग्रता दोब्बर पार्न सफल भयो एन्टोनी ग्रिजम्यानले डिबक्सबाट हानेको सशक्त फ्रिकिक प्रहार उरुग्वेका गोलकिपर मुस्लेरको हातबाट फुस्किएर जाली चुमेको थियो।

उरुग्वेका अनुभवी फरवार्ड  काभानी घाइते भएका कारण मैदान उत्रिएका थिएनन्।

प्रकाशित मिति: २२ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्