उर्लाबारीलाई हराउँदै दमकले जित्यो उपाधी


 


मोरङ, असार २३

मोरङको उर्लाबारीमा सञ्चालित १ नं. प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि झापाको दमक भलिबल क्लबले जितेको छ । उर्लाबारी–६ हाटखोला स्थित राधिका माविको खेल मैदानमा आज भएको फाईनल खेलमा आयोजक उर्लाबारी भलिबल क्लबलाई ३–१ को सेटमा हराउँदै दमकले उपाधि जितेको हो ।

दमकले पहिलो सेट २५–२१ ले गुमाएपनि त्यसपछि लगातार २५–२०, २५–२२ र २५–१८ ले जित हात पार्दै दमकले उपाधि हात पार्यो । उपाधिसँगै दमकले नगद रु ७५ हजार तथा उपविजेतामा सिमित उर्लाबारीले रु ५० हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथी प्रदेश नंं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की र बिशिष्ट अतिथी उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले पुरस्कार प्रदान गर्नुभएको थियो ।

नगर खेलकुद विकाश समिति, उर्लाबारीको आयोजनामा असार २० गतेदेखी सञ्चालन भएको प्रतियोगितामा १ नं. प्रदेशका १० वटा टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २३ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्