इङ्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसिया पहिलो पटक विश्व कप फुटबलको फाइनलमा


 


असार,२८…क्रोएसिया पहिलो पटक विश्व कप फुटबलको फाइनलमा पुगेको छ । थप समयमा मारियो मान्डुकिजको निर्णायक गोलमा इङ्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले विश्वकपको अन्तिम दुईमा स्थान बनाएको हो ।१–० ले पछि परेको खेल उल्टाउँदै क्रोएसियाले पहिलो पटक विश्व कप फाइनलको यात्रा तय गरेको थियो ।क्रोएसिया पहिलो पटक विश्व कप फुटबलको फाइनलमा पुगेको छ । थप समयमा मारियो मान्डुकिजको निर्णायक गोलमा इङ्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले विश्वकपको अन्तिम दुईमा स्थान बनाएको हो ।१–० ले पछि परेको खेल उल्टाउँदै क्रोएसियाले पहिलो पटक विश्व कप फाइनलको यात्रा तय गरेको थियो । यसअघि सन् १९९८ मा क्रोएसिया विश्व कप सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो । यसपटक विश्व कप उपाधिका लागि क्रोएसियाले आइतबार सोही फ्रान्सको सामना गर्नेछ । बेल्जियमलाई १–० ले हराउँदै यसअघि नै फाइनल पुगिसकेको छ ।सन् १९६६ पछि विश्वकप फाइनलमा पुग्ने इङ्ल्यान्डको सपना भने पुरा हुन सकेन ।मान्डुकिजले थप ३० मिनेट समयको २१ औं मिनेटमा गोल गरेका थिए । इभान प्रिसिसले हेडमार्फत दिएको पासलाई मान्जुकिजले गोलमा परिणत गरेका थिए । खेलको सुरुवातमै लिएको अग्रतालाई इङ्ल्यान्डले जोगाउन नसक्दा खेलको निर्धारित समय बराबरीमा पुगेको हो ।  ६८ औं मिनेटमा प्रिसिसले बराबरी गोल गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए । सिमे भ्रासल्ज्कोको क्रसमा प्रिसिसले गोल गरेका थिए ।

खेलको पाँच मिनेटमा इङ्ल्यान्डले खेलमा अग्रता बनाएको छ ।केरनट्रिपेयरले पाँचौं मिनेटमा इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । पेनाल्टी बक्सको केहि बाहिर प्राप्त फ्रिकिकमा उनले गोल गरेका थिए। यसअघिका खेलमा उच्च प्रदर्शन गर्दै आएका क्रोएसियाका गोलकिपर डानिजेल सुवासिचले ट्रिपेयरको प्रहार रोक्न गरेको प्रयास सफल भएन । पहिलो हाफमै अग्रता दोब्बर पार्ने मौकालाई भने उनले रोके । इङ्ल्यान्ड कप्तान ह्यारी केनको वान भर्सेस वान प्रहार लाई उनले रोके ।

प्रकाशित मिति: २८ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्