विश्वकप फुटबल जित्दा जर्मन हार्दा आप्रवासी भनियो…ओजिल


 


           एजेन्सी.साउन ,८. २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताबाट जर्मनी समूह चरणबाट बाहिरिदा आफुलाई आप्रवासी दोष लगाएको जातियताको आरोप लागेको र अपमान गरिएको महसुस भयको दाबीसहित जर्मन मिडफिल्डर मेसुट ओजिलले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएपछि विश्व फुटबल का फुटबल प्रेमी र प्रंशसक समेत नीरास भयका छन।

जर्मनी का मिडफिल्डर ओजिलले आइतबार आफूलाई जातियता को आरोप लागेको दाबी सहित जर्मनीको जर्सीमा अब अन्तर्राष्ट्रिय खेल नखेल्ने बताएका छन।उनले भनेका छन जुनबेला हामीले २०१४ को  फिफा विश्वकप फुटबल प्रतियोगिता जित्दा जर्मन भनेर खुशी हुनेहरु आज मलाई आप्रवासीको  दोष देखाएर मेरो अपमान गरिरहेका छन।उनले भने  मैले जर्मनीको जर्सी गर्वले लगाउने गरेको थिए तर अब म लगाउदिन म मेरा पुराना दिनहरु बिर्सन चाहान्छु।’२९ वर्षीय ओजिलले जर्मनी २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताबाट जर्मनी समूह चरणबाट बाहिरिदा आफुलाई दोष लगाएको पनि दाबी गरेका छन्। उनले जर्मन फुटबल संघका कारण संन्यास लिन बाध्य भएको समेत बताएका थिए।

यसअघि टर्कीका राष्ट्रपति रेसेप टेयिपसँग लन्डनमा आयोजित एक कार्यक्रममा उनले सँगै फोटो खिँचाएका थिए। फोटो खिँचाएपछि ओजिलको चर्को आलोचना भएको थियो। ओजिलको फोटो सार्वजनिक भएपछि धेरै राजनीतिज्ञले प्रश्न समेत उठाएका थिए।

ओजिल तेस्रो पुस्ताका टर्कीस जर्मन नागरिक हुन्। उनी जर्मनीका थिए सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा ओजिल टिमका महत्वपूर्णसदस्य थिए।

 तर उनले सबैसँग फोटो खिच्न र सबैको सम्मान गर्ने अधिकार भएको भन्दै स्पष्टिकरण दिएका थिए। फोटोको विषयमा धेरे मेल आएको ओजिलले बताएका थिए। ओजिलले आफ्नो परिवारलाई सामाजिक संजाल र फोनमार्फत धम्की आएको समेत बताएका थिए।

२००६ मा साल्केबाट खेल्दै ओजिलले सिनियर करिअर सुरु गरेका थिए। सन् २००९ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले ९२ क्याप जित्दै २३ गोल गरे।

यता जर्मन फुटबल महासंघले भने ओजिलको आरोप खन्डन गरेको छ। जर्मन चान्सलर एन्जेला मर्केल भने ओजिलले देशका लागि योगदान दिएको बताएकी छिन।

[email protected]

प्रकाशित मिति: ८ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्