त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल ९ विकेटले विजयी



काठमाडौँ, साउन १४

बेलायतको लर्ड्स क्रिकेट मैदानमा आज भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मेरिलोबन क्रिकेट क्लब(एमसिसी)लाई नौ विकेटले पराजित गरेको छ ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि एमसीसीले ६ ओभरको खेलमा चार विकेटको क्षतिमा ४० रन बनायो । नेपालले ४१ रनको विजय लक्ष्य ४ दशमलव ४ ओभरमा एक विकेट गुमाउँदै पुरा गर्यो ।

वर्षाका कारण २० ओभरको खेललाई ६ ओभरमा सीमित गरिएको थियो । नेपालका लागि सुवास खकुरेलले अविजित १६ रन बनाए । उनले १५ बल खेल्दै दुई चौका प्रहार गरे । उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित १२ रन बनाए । उनले चार बल खेल्दै एक छक्का र एक चौका हाने । अनिलकुमार साहले नौ रनको योगदान दिए ।

यसअघि ब्याटिङ गर्दै एमसीसीका लागि कप्तान माहेला जयवद्र्धनेले अविजित २४ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामीले दुई तथा शक्ति गौचनले एक विकेट लिए । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News