आगलागीबाट रु दश लाख क्षति



राजविराज, साउन १४

सप्तरीको सुरुङ्गा नगरपालिका–८ मा आज बिहान आगलागी हुँदा करीब रु १०लाखको क्षति भएको छ । स्थानीय निर्चीदेवी रामको घरमा खाना पकाउने क्रममा आगलागी हँुदा निजको एउटा घर र एउटा भान्छा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यस्तै शैनी रामको एउटा घर र छिमेकी पुरण रामको घर जलेर नष्ट भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनभयो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, अन्नपात, भाँडावर्तन र नगद जिन्सीसहित विभिन्न सरसामान जलेर नष्ट हुँदा करीब रु १० लाख मूल्य बराबरको क्षति भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

आगोलाई स्थानीयवासी, प्रहरी र राजविराज तथा लहानबाट गएका बारुणयन्त्रले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News