झापामा करेन्ट लागेर महिलाको मृत्यु



भद्रपुर, साउन १४

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ जोरसिमलमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३५ वर्षीया भूमिका काफ्ले रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको हो ।

गएराति पंखा जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत अवस्थामा विर्तामोडस्थित बी एण्ड सी हस्पिटल उपचारका लागि पुर्याइएको उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा पोष्टमार्टम गरी आजै दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News