ट्रकको ठक्करबाट हिड्दै गरेका मजदुर ठहरै



चितवन, साउन १५

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा ट्रकको ठक्करबाट गएराति एक मजदुरको मृत्यु भएको छ ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको यूपी २२ टि ८४४७ नं को भारतीय ट्रकको ठक्करबाट पैदलयात्री दैलेखका ३५ वर्षीय जीवन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको हो । उनी नारायणगढ मुग्लिन सडकखण्डमा काम गर्दैआएका थिए ।

फरार रहेका ट्रकका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News