चीनले दियो भारतलाई चेतावनी


 


India vs Chinaएजेन्सी, असोज ९

चीनले आफ्नो सीमा क्षेत्र लद्दाखमा निर्मित संरचना हटाएकोमा भारतीय सेनालाई चेतावनी दिएको छ । सीमा क्षेत्रमा कुनै पनि कारवाही एक तर्फीरुपमा नगर्न चीनले भारतीय सेनालाई सचेत गराएको छ ।

भारतीय सेनाले चिनियाँ संरचना भत्काएपछि चीनले आक्रोशित अभिब्यक्ति दिएको हो । चीनका रक्षा मन्त्रालयका प्रवक्ता वू कियानले भारतीय सेनाको एक तरंफ कारवाहीले सहमतिको भावना उल्लङ्घन गरेको भन्दै लद्दाको वर्तासे इलाकामा भारतीय सेनाको कारवाही रोक्न चेतावनी दिएका हुन् ।

यस्ता विषयलाई कुटनीतिक माध्यमबाट समाधान गर्न चीनले सुझाव दिएको छ । दुई देशबीच सीमा क्षेत्रमा शान्ति कायम राख्न आवश्यक रहेको भन्दै चीनले भारतीय सरकार र सेनाले गरेको प्रतिबद्धता अनुसार ब्यवहार गर्न पनि चीनले चेतावनी दिएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्