डुबेर बालिकाको मृत्यु



झापा, साउन १६

झापाको मेचीनगर नगरपालिका – ७ सतिघट्टास्थित पैनीमा डुबेर आज एक वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय संजु दर्जीको एक वर्षकी छोरी नेत्रकुमारी दर्जीको घर नजिकै पैनीमा डुबेर मृत्यु भएको प्रहरी चौकी सतिघट्टाले जनाएको छ ।

दिउँसो २ बजे घर पछाडी खेल्दै गरेकी बालिकालाई स्थानीयबासीले पैनीमा डुबेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News