फिफा विश्वकप–२०२६: जोर्डनविरूद्ध अष्ट्रियाको विजयी सुरुवात



काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ ।

अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा बुधबार भएको जोर्डनविरूद्धको खेलमा समूह ‘जे’ रहेको अष्ट्रियाले ३–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

अष्ट्रियाका लागि २० औँ मिनेटमा रोमानो स्मिदले गोल पहिलो गोल गरे ।

५० औँ मिनेटमा जोर्डनका यार्जब अलराबले गोल फर्काएका थिए । ७६ औँ मिनेटमा जोर्डनका यार्जब अराबले आत्मघाती गोल गरेपछि खेल २-१ को स्थितिमा पुग्यो ।

अन्तिम क्षणमा अस्ट्रियाका मार्को अनुतोभिकले पनाल्टीमार्फत गोल गरेपछि खेल ३-१ को स्थितिमा समाप्त भयो । जितसँगै अष्ट्रियाले तालिका तीन अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

जोर्डन पहिलोपटक विश्वकपको मैदानमा पुगेको हो भने अष्ट्रियाले यसअघि आठौंपटक विश्वकप खेलिसकेको छ ।

योसँगै समूह जे को पहिलो चरणको खेल सकिएको छ । समूहको पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराएर शीर्ष स्थानमा रहेको छ ।

अंकविहीन जोर्डन तेस्रो तथा गोलविहीन अल्जेरिया चौथो स्थानमा छ ।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्