अध्यक्ष प्रचण्डद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई



काठमाडौँ, साउन १९

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा पहिलो जीत हात पार्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ ।

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिलो पाइला निकै उत्साहजनक र प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले शुक्रबार राति नेदरल्याण्ड्सविरुद्ध नेपालले ऐतिहासिक जीत हासिल गर्न सफल भएबाट विश्व क्रिकेटमा समेत नेपालले गौरवपूर्ण इतिहास बनाउने आशा झनै बलियो भएको बताउनुभएको छ ।

अध्यक्ष दाहालले भन्नुभएको छ, “नेपाली क्रिकेट टोलीका यो जीतका लागि कप्तान पारस खड्कादेखि सम्पूर्ण टोली, प्रशिक्षक र विश्वभरीका नेपालीमा हार्दिक बधाई तथा भविष्यमा अझै राम्रो खेलको आशासहित शुभकामना व्यक्त गर्दछु ।”
रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News