मैत्रीपूर्ण खेलमा आत्मघाती गोलले नेपाल पराजित



काठमाडौँ, साउन २३

थाइल्यान्डमा जारी एशियाली खेलकूदको तयारी गरिरहेको नेपाली यू–२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

मंगलबार साँझ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो एफसी क्लबसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो । नेपालका आदित्य चौधरीले खेलको ३९औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । चौधरीले बल क्लियर गर्न खोज्दा गोल भएको थियो ।

नेपाली फुटबल टोली एशियाली खेलकूदको तयारीका लागि थाइल्यान्ड गएको हो । नेपाली यू–२३ टोलीले अब शुक्रबार थाइल्यान्डको यू–२३ टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News