सरकार सहकार्य गर्न तयार छ : रक्षामन्त्री पोखरेल



काठमाडौँ, साउन २६

उप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उच्च नैतिक संस्कार विकास गर्ने उद्देश्य राखेर गरिने अभियानमा सरकार सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा यहाँ आज आयोजित ‘स्वर्णिय संसारका लागि वैश्विक जागृति’ विषयक कार्यक्रमा उहाँले लागुऔषध सेवन, मध्यपान र धूमपानजस्ता कुलत तथा दूव्र्यशनबाट मुक्ति दिलाउने काममा ब्रह्माकुमारीले पुर्याउँदै आएको योगदानको सह्राना गर्नुभयो ।

उहाँले भन्नुभयो, “ब्रह्माकुमारी शान्ति, सद्भाव, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता कायम गर्दै अघि बढिरहेको छ, प्रत्येक व्यक्तिमा जागरणद्वारा गुणको विकास गरी असल नागरिक बन्न अभियानले प्रेरित गर्नेछ, मानिसमा नैतिक र चारित्रिक विकास नभएसम्म समाजले विकासमा फड्को मार्न सक्दैन ।”

रक्षामन्त्री पोखरेलले अध्यात्मिक चिन्तनद्वारा शान्ति र सभ्य समाजको निर्माण एवं महिला सशक्तीकरण ब्रह्माकुमारीले ठूलो योगदान पुर्याएको धारणा व्यक्त गर्नुभयो ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राजदिदीले शान्ति, इमान्दार र सच्चाइका आधारमा मुलुकलाई अघि बढाउने अभियानमा केन्द्रका सदासर्वदा साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News