आज साउनको अन्तिम सोमबार


 


काठमाण्डौँ, साउन २८

आज साउन महिनाको अन्तिम सोमबार । साउने सोमबारको ब्रत बसेका श्रद्धालुहरुले नजिकको शिव मन्दिरमा पूजा आजा गरेर व्रत समापन गर्दैछन् ।

साउने सोमबारको अन्तिम दिन आज काठमाडौको पशुपतिमा रहेका शिव मन्दिर, बसन्तपुरमा रहेको सानो पशुपति मन्दिर लगायत मुलुकभरका शिवालयमा पूजाआजाका लागि ब्रतालु महिलाहरुको भीड लागेको छ ।

हिन्दू नारीहरुले साउन महिनाको पहिलो सोमबारदेखि ब्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने ब्रत समापन गर्दछन् । ब्रत बसेका ब्रतालुहरुले साउनभर हातमा हरियो चुरा र मेहेन्दी लगाउने गर्दछन् । चुरा र मेहन्दी लगाएर ब्रत बसेमा भगवान शिव खुसी भई आफुले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति: २८ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्