बाढीपहिरो पीडितलाई राहत माग



काठमाडौँ, साउन २९

सांसदले बाढीपहिरा पीडितलाई राहत तथा उद्धारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकाशंं सांसदले विपद् प्रभावितले राहत तथा क्षतिपूर्ति नपाएको र कष्टकर जीवनयापन गर्नुपरेको भए पनि ध्यान नदिइएकामा गुनासो गर्नुभयो ।

सांसद टेकबहादुर बस्नेतले राप्ती राजमार्ग पहिराको जोखिमा परी दैनिकजसो अवरुद्ध हुने गरेकाले मर्मत र सम्भारमा ध्यान दिन आग्रह गर्नुभयो ।

सांसद दामोदर भण्डारीले बाढीपहिराका कारण प्रदेश नं ७ को पहाडी क्षेत्रमा यातायात सञ्चालनमा समस्या परेको बताउनुभयो । सांसद पार्वतीकुमारी बिसङ्खेले बाढीपहिराका कारण ललितपुरको पहाडी क्षेत्र प्रभावित भई १६० घरपरिवार विस्थापित हुने अवस्थामा पुगेकाले तत्काल राहतको प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News