सुनसरीको भुम्का कारागारमा ढलको समस्या



बिराटनगर, भदौँ १३

पूर्वक्षेत्र कारागार झुम्का सुनसरीमा अहिले ढलको ठूलो समस्या देखिएको कारागार प्रशासनले जनाएको छ । पूर्व क्षेत्रको सबै भन्दा ठूलो यो कारागारमा एक हजार ६०० बन्दी अट्ने क्षमता भए पनि अहिले एक हजार ५५७ कैदीबन्दी रहेको कारागार प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो ।

नौ वर्षअघि सञ्चालनमा आएको यो कारागारबाट उत्पादन हुने फोहरको उचित व्यवस्थापन हुननसक्दा प्रदूषण फैलिएपछि स्थानीयवासीले यसको विरोध गरेका छन् ।

यहाँका कैदीबन्दीमध्ये ४०० देखि ५०० बिरामी अवस्थामा छन् । साधन र स्रोतको अभावले उनीहरुलाई उपचारका लागि सदरमुकाम इनरुवा वा धरान लैजान समस्या पर्ने गरेको बताइएको छ

कारागारमा मानसिक रोगी ३० जना, एचआइभी ९एड्स० संक्रमित तीन जना, अर्बुद रोगी एक जना, हेपाटाइटिस बी र सी एक÷एक जना, मुटु रोगी १५ जनालगायतका छन् । कारागारमा ७० वर्ष उमेर पुगेका आठ कैदी छन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News