एसिया कप छनोट : नेपाल ओमानसंग सात विकेटले पराजित


 


काठमाडौं, भदौ १३
एसिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ ।

नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य ओमानले दुई ओभर बाँकी छँदै पूरा गर्यो  भने ओमानले तीन विकेट गुमायो ।
ओमानको जितमा खवार अलीले नट आउट ८४ तथा जिसन मक्सुदले नट आउट ४५ रन बनाए ।

बैभव वाटेगोन्कर ४१ जितेन्दर सिंह ३० तथा अकिब इलियस १६ रनमा आउट भए । कप्तान नेपालका पारस खड्काले १ विकेट लिए भने २ विकेट रन आउट भएका थिए ।

नेपालले सुरुवातमै कमजोर सुरुवात गरेको थियो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि ओपनरमा सुवास खकुरेललाई मौका दिएपनि उनी ४ रनमा आउट भए ।

३१ रन हुदा पहिलो विकेट गुमाएको नेपालका लागि कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्लले केहि सम्हालिने प्रयास गरेका थिए । पारस ८ रनमा आउट भएपछि नेपालले ५६ रनमा दोस्रो विकेट गुमाएको थियो ।

राम्रो लयमा देखिएका ज्ञानेन्द्र मल्ल ४५ रनमा पेभेलियन फर्किदा नेपालले ५८ रनमा तेस्रो विकेट गुमायो । नेपालले ८० रन बनाउदा चार विकेट गुमायो । दिपेन्द्रसिंह ऐरी पनि मात्र नौ रनमा आउट भए ।

त्यसपछि पाँचौ विकेटका लागि सागर पुन र आरिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ९२ रनको साझेदारी गरेका थिए । तर नेपालको स्कोर एक सय ७२ रन हुदा आरिफ ३६ रनमा आउट हुन पुगे । यता आरिफसँग राम्रो ब्याटिङ गरेका सागरले ६३ बलमा अर्धसतक बनाए ।

त्यसपछि क्रिजमा आएका रोहित पौडेलले खाता खोल्न सकेनन् । करण केसीले २६ रन बनाए । अन्तिम ओभरमा नेपालले लगातार दुई विकेट गुमाउन पुग्यो । जसमा सागर पुन ८३ रन आउट हुँदा बसन्तले खाता नै नखोली आउट भए ।

प्रकाशित मिति: १३ भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्