नमस्ते झरना जाँदा बस दुर्घटना, एकको मृत्यु



इटहरी, भदौँ १३

सुनसरीको सदरमुकाम इनरुवाबाट धनकुटाको पर्यटकीयस्थल नमस्ते झरनातर्फ गएको पर्यटक बस साँगुरीगढीको ओरालोमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

दुर्घटनामा दुई गम्भीर र १४ यात्रु समान्य घाइते भएको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । दुर्घटनामा सुनसरी बराहक्षेत्र नगरपालिका–९ निवासी राजेन्द्र चन्द्रवंशीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने क्रममा मृत्यु भएको ट्राफिक प्रहरी इटहरीले जनाएको छ ।

सुनसरी इनरुवा नगरपालिका–६ का ६५ वर्षीय खड्गबहादुर नेपाली र २८ वर्षीय श्रवण मेहताको गम्भीर अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अन्य घाइतेको पानि सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर सोधखोज गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News