कञ्चनपुरमै अर्की बालिकाको बलात्कारपछि हत्याः प्रहरीले चाँसो नदिदा परिवारले नै आरोपी समाते



कञ्चनपुर, भदौ १४
कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा प्रहरीले कुनै चाँसो नदेखाउँदा परिवारले नै आरोपीलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् ।

जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई समातेर प्रहरीलाई बुझाएका हुन् । नयाँ पत्रिकामा खबर छ ।

घटनाका आरोपी मदन गिरीलाई पक्राउ गर्न नमालेको प्रहरीलाई परिवारले आफै बुझाएपछि उनको बयानको आधारमा थप दुई जना पक्राउ परेका थिए । तर, प्रहरीले आत्महत्या भन्दै सबैलाई छोड्ने तयारी प्रहरीको तयारी छ ।

बालिकाका परिवारले यसका पछाडि राजनीतिक दबाब छ भन्ने सुनेको बताएका छन् । कृष्णपुर नगरपालिका–२ वाणीका २१ वर्षीय मदन र २१ वर्षका भरतविरुद्ध २४ साउनमा अदालतमा मुद्दा दायर भएको थियो । २८ साउनमा पहिलो थुनछेक आदेशबाट मदन र भरत पुर्पक्षका लागि थुनामा छन् ।

बेपत्ता कविताको ३१ असारमा कृष्णपुरकै लालझाडी जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा शव फेला परेको थियो । आरोपीहरुले झुण्डिएको अवस्थामा भेटेपछि शव निकालेर गाडेको बयान दिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News