दोगडाकेदार प्रविधिमैत्री बन्दै, प्रत्येक वडामा फ्रि वाइफाइ



बैतडी, भदौ १४
सात नम्बर प्रदेशको पहाडी जिल्ला बैतडीको दोगडाकेदार गाउँपालिकाले प्रत्येक वडामा फ्री वाईफाई जडान गर्ने तयारी सुरु गरेको छ ।

गाउँपालिका भित्रका आठवटै वडा कार्यालयमा फ्री वाईफाईसहित इ–हाजिरी जडान गर्ने कार्य गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए। उनले प्रशासनिक खर्चबाटै इ–हाजिरी र इन्टरनेट जडान गरिने बताए ।

गाउँपालिकाको कार्यालयमा गत वर्ष नै इ–हाजिरी, इन्टरनेट र सिसिटिभी जडान गरिएको छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, इ–हाजिरी, इ–पुस्तकालय र प्रोजेक्टरका साथै फ्रि इन्टरनेटका लागि निरन्तरता दिएको अध्यक्ष कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News