मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



मोरङ, भदौ १७
मोटरसाइकलको ठक्करबाट मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा गए राति एक पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३प ७९०९ नं को मोटरसाइकलले ठक्कर दिँदा तेह्रथुमको लालीगुँरास नगरपालिका–२ का ५५ वर्षीय उद्धव मोतेको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोतेलाई उपचारका लागि स्थानीय पथरी अस्पतालमा पुर्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News