एसिया कप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर


 


काठमाण्डौँ, भदौँ १९

आसन्न एसिया कप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ । एसिया कपमा भारत र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गर्ने नेपालको सपना समाप्त भएको हो ।

एसिया कपमा भारत र पाकिस्तान सहित अहिले जारी छनोट प्रतियोगिताको उपाधि विजेता एउटै समूहमा रहेका छन् । अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

छनोट प्रतियोगितामा नेपाल सहित, मलेसिया, युएई, हङकङ, सिंगापुर, ओमान छन् । तर नेपालले प्रतियोगिताको पहिला दुई खेल गुमाउनु नै छनोटबाट बाहिरिनुको मुख्य कारण बन्यो । नेपाल युएई र ओमानसँग पराजित भएको थियो । त्यसपछि मलेसिया र सिंगापुरलाई पराजित गर्दै प्रतियोगितामा टिकिरहने झिनो सम्भावना राखे पनि राउण्ड रोविन लिगको अन्तिम खेलमा नेपालले हङकङसँग ३ विकेटले हार बेहोरेपछि एसिया कप खेल्ने सपना समाप्त भएको हो ।

प्रकाशित मिति: १९ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्