अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपाल पाकिस्तानसँग पराजित


 


काठमाडौं, भदौ १९

अन्तिम मिनेटमा सम्हालिन नसक्दा साफ च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा नेपाल पाकिस्तानसँग २ – १ गोलले पराजित भएको छ ।

आन बंगलादेशको बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको हो । पहिलो हाफको ३४ औं मिनेटमा नेपालले पहिलो गोल पेनाल्टीमार्फत खायो ।

खेलको ८२ औं मिनेटमा नेपालले गोल गर्दै खेललाई १(१ को बराबरीमा ल्याएको थियो । तर, खेलको अन्तिम मिनेट नेपालले जोगाउन सकेन । अन्तिम मिनेटमा पाकिस्तानले गोल गर्दै २–१ को जित हात पार्‍यो । दोस्रो खेलमा बिहिवार नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: १९ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्