राजपा नेपाल आन्दोलनको तयारी गर्दै



काठमाडौं, असोज २४

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर छठपछि निर्णायक आन्दोलन गर्ने तयारीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पुगेको छ ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध छठ पर्वपछि संयुक्त आन्दोलन गर्न भित्रभित्रै तयारीमा कांग्रेस र राजपा नेपाल लागेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

सरकारलाई समर्थन गरेको राजपा नेपालले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाई एवं सपथ, मधेस आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दा फिर्तासहित महँगी, भ्रष्टाचार, आपराधिक कृयाकलाप रोक्न नसकेको भन्दै समर्थन फिर्ता लिएर आन्दोलन गर्ने चेतावनी प्रधानमन्त्री ओलीलाई दिइसकेको छ ।

राजपा नेपालका महासचिव अजय गुप्ताले सरकारलाई दिएको समर्थन फिर्ता लिएर पुनः निर्णायक आन्दोलन गर्ने तयारीमा पार्टी जुटिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News