चितवनमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु


 


चितवन, कात्तिक २

चितवनको इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको थियो । मृतक तीनजनाको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान २ः३० बजे भएको थियो । रासस

प्रकाशित मिति: २ कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्