गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी


 


इनरुवा, कात्तिक ३

सुनसरीको दुहबी नगरपालिका ३ स्थित कोशी राजमार्गमा आज गुडिरहेको एक मोटरसाइकलमा अचानक आगलगी भएको छ ।बिराटनगरबाट इटहरी तर्फ आउँदै गरेको को १० प १५५० नम्वरको होण्डा साइन मोटरसाइकलमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बिराटनगर ४ घर भएका बिष्णु अधिकारीले काम बिशेषले बिराटनगरबाट इटहरी तर्फ आईरहेका बेला मोटरसाइकलमा अगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ भने मानविय क्षति नभएको सुनसरीका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद फुयालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ३ कार्तिक २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्