काठमाण्डौँमा चहलपहल बढ्यो


 


काठमाडौं, कात्तिक ३

दशैं मनाउन घर गएका सर्वसाधारण विस्तारै आफ्नो कार्यथलो फर्कने क्रम शुरु भएको छ । विजयादशमीको टीका लगाएपछि कार्यक्षेत्र फर्कन शुरु भएको हो ।

दशैंका कारण सुनसान जस्तै देखिएको काठमाडौंमा पनि चहलपहल बढेको छ । टीकाको दिन सुनसान देखिएको काठमाडौंमा सवारी साधन केही बाक्लो गरी गुड्न थालिसकेको छ । राजधानी भित्रने कलंकी,कोटेश्वर, बालाजु, बल्खु र सांखु जस्ता मुख्य नाकाहरुमा पनि सवारीको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

यस वर्ष दशैं मनाउन करिब २४ लाख मानिसले काठमाडौं छाडेको अनुमान छ । मुलुक संघीय संरचनामा गएपनि विभिन्न अवसर र सुविधाका कारण काठमाडौं आउने क्रम घटेको छैन ।

प्रकाशित मिति: ३ कार्तिक २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्