उर्लाबारीबाट लागूऔषधसहित एक युवक पक्राउ


 


उर्लाबारी, कात्तिक ५

आज बेलुका उर्लाबारी – ६ बाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले भारत घर बताउने २५ वर्षिय विजय पौद्धारलाई पक्राउ गरेको हो ।

उनको साथबाट ९ एम्पुल डाईजेपाम, ९ एम्पुल फेनारगन र ८ एम्पुल लुपिजेसिक बरामद गरेको इप्रका उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । प्रहरीले उनको साथबाट रु १७ हजार रकम पनि बरामद गरेको छ ।

पक्राउ परेका पौद्धारलाई लागूऔषध ऐन अन्र्तगत मुद्धा दर्ताको पक्रिया सुरु गरेको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ५ कार्तिक २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्