निर्धारित मितिमा कांग्रेस महासमिति बैठक हुनेमा आशंका


 


काठमाडौँ, कात्तिक ६

नेपाली कांग्रेसको महासमिति बैठक निर्धारित मितिमा हुनेमा केन्द्रीय सदस्यहरुले आशंका व्यक्त गर्न थालेका छन् । केन्द्रीय समिति बैठक नै अनिश्चित भएको भन्दै उनीहरुले यस्तो आशंका व्यक्त गरेका छन् । आजकाृ करोवार दैनिकमा खबर छ ।

सभापति शेरबहादुर देउवाले नेविसंघमा ३२ बर्षे उमेर हद बहुमतका आधारमा पारित गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले ’नोट अफ डिसेन्ट’ लेखेका थिए ।

त्यसपछि गत असोज २५ गतेका लागि बोलाइएको बैठक उनीहरुले बहिष्कार गर्ने चेतावनी दिएपछि अनिश्चितकालका लागि स्थगन गरिएको छ ।,

प्रकाशित मिति: ६ कार्तिक २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्