गाँजाखेती नष्ट



इनरुवा, ७ कात्तिक

सुनसरी जिल्ला प्रहरी कार्यालयले मङ्गलबारदेखि गाँजाखेती नष्ट गर्न थालेको छ ।

सुनसरीमा व्यापक रूपमा गाँजाखेती भइरहेको सूचनाका अधारमा उक्त खेती नष्ट गरिएकोे प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो ।

सीमा प्रहरी चौकी भाण्टाबारीबाट गएको प्रहरी टोलीले मङ्लबार कोशी गाउँपालिका–४ खत्वे र ७ मा रहेको मेहतामा लुकाइछिपाइ लगाएको १५० बढी गाँजा बोट काटेर नष्ट गरेको र गाँजाखेती, उत्पादन, खरिदबिक्री तथा ओसारपसार गर्नेलाई कानूनबमोजिम कारवाही गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News