एमाअाेवादीले कुन-कुन मन्त्रालय पायो ?


 


काठमाडौं, असोज २६

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा एकीकृत नेकपा माओवादीले पाउने आठ मन्त्रालयको टुङ्गो लागेको छ । मन्त्रालय बाँडफाँडबारे प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच मंगलबार छलफल भएको थियो ।

एमाओवादी नेताहरुका अनुसार छलफलमा आठ मन्त्रालयको नाम मोटामोटी टुङ्गो लागेको छ । जसमा गृह, स्थानीय विकास, सामान्य प्रशासन, वन र बाणिज्य तथा आपूर्ति मन्त्रालय छ ।

शिक्षा र स्वास्थ्यमन्त्री एक तथा पर्यटन र उर्जा मध्ये एक मन्त्रालय लिने सहमति भएको एक नेताले बताए । कृषिमन्त्रीका रुपमा हरिबोल गजुरेलले कार्यभार सम्हालिसकेका छन् ।

अहिले मन्त्रिपरिषदमा एमाओवादीबाट गजुरेल मात्र छन् । उपप्रधानमन्त्रीको हैसियतमा सरकारमा पार्टीर्को नेतृत्व गर्ने नेता र मन्त्रीहरुको नाम टुङ्गो लगाउन बुधबार स्थायी समितिको बैठक बोलाइएको छ ।

प्रकाशित मिति: २६ आश्विन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्