कांग्रेस कोषबाट रकम हिनामिना !



काठमाण्डौँ, कात्तिक ११

क्रियाशील सदस्यता वितरण र नवीकरण, सांसदबाट महिनैपिच्छे काटिने लेबीबाट चल्दै आएको कांग्रेसको आर्थिक कोषमा मनपरी चलेको छ । महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवाद हुँदाहुँदै पनि रकम निकाल्ने गरिएको छ । यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

यसअघि निकालिको डेढ करोडको खर्च अपारदर्शी भएको कोषाध्यक्षको गुनासोकै बीच दशैंमा ५० लाख निकालिएको छ । महामन्त्रीले घरमै बोलाएर चेकमा हस्ताक्षर गर्न गरेको आग्रह कोषाध्यक्षले नमानेपछि उनले आफैं हस्ताक्षर गरेर रकम निकालेका छन् । यसरी कोषमा मनपरी गरेपछि कोषाध्यक्ष यादवले पदाधिकारी बैठकमै गुनासो गरेकी छन् ।

कांग्रेसमा खाता सञ्चालनका लागि कोषाध्यक्षसहित महामन्त्री डा। शशांक कोइराला, केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर चल्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News