राष्ट्रिय टिमका कप्तान सागर थापासहित ४ खेलाडी पक्राउ


 


sagar thapaकाठमाडौं, असोज २७

म्याच फिक्सिङको आरोपमा प्रहरीले नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित ५ खेलाडीलाई पक्राउ गरेको छ । थापासहित राष्ट्रिय टिमका खेलाडी विकाससिंह क्षेत्री, रितेश थापा र सन्दिप राई पनि पक्राउ परेका छन् ।

उनीहरुसँगै प्रशिक्षक अञ्जन केसी पनि पक्राउ परेका छन् । उनीहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय खेलमा म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोपमा पक्राउ गरिएको हो । अफगानिस्तान र बंगलादेशसँगको खेलमा मिलेमतो गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन् ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले नेपाली राष्ट्रिय खेलाडीहरुले राष्ट्रिय र अन्तराष्ट्रिय खेलमा सट्टेवाजसँग मिलेमतोगरी खेल हार्ने र जित्ने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा संलग्नता देखिएपछी अनुसन्धानका लागी पक्राउ गरिएको जानकारी दिए । ‘आएको सूचनाबारे अनुसन्धानगर्दा तथ्यहरु देखियो’खनालले भने’ त्यसैले थप अनुसन्धानका लागी पक्राउ गरेका हौं, थप अनुसन्धान जारी छ ।

नेपालले खेलेको पछिल्लो नौ अन्तराष्ट्रिय खेलमा गोलविहन रहँदै आएको छ ।

प्रकाशित मिति: २७ आश्विन २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्