केरुङ नाका खुल्यो


 


kerungकाठमाडौं, असोज २८

चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ पुग्ने बाटो खुलेको छ । १२ वैशाखको भूकम्पपछि आएको पहिरोले क्षति पुर्‍याएको रसुवागढीबाट करिब २६ किलोमिटर सडक चीनले मर्मतसम्भार गरी सडक सुचारु गरेको हो ।

नेपाली व्यापारीले केरुङसम्म ढुवानी गर्न ग्वान्जाउका ढुवानी व्यवसायीलाई आग्रह गरिसकेका छन् । दुवैतर्फ भन्सार र अध्यागमन कार्यालय स्थापना भइसकेका छन् ।

भूकम्पले अवरुद्ध गरेको सडकको पनि पुनर्निर्माण भइसकेको छ । रसुवागढी नाका बन्द हुँदा नेपाल र चीनबीचको आयात–निर्यात ठप्प छ ।

प्रकाशित मिति: २८ आश्विन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्