घट्यो मादलको व्यापार



वामी,  कात्तिक २९

पछिल्लो समयमा मादलको कारोबारमा निकै कमी आएको छ । गत वर्ष झण्डै डेढ सयसम्म मादल बिक्री भएको तर अहिले भने त्यसको तुलनामा निकै कम भएको छ ।
यो वर्ष हालसम्म १५/१६ वटा मात्र मादल बिक्री भएको रेसुङ्गा नगरपालिका–१ तम्घास बजारका मादल व्यवसायी डिलबहादुर नेपालीले जानकारी दिनुभयो ।

नेपालीले भन्नुभयो, “नयाँ मादल त निकै कम मात्रामा बिक्री भयो, पुराना १२÷१३ वटासम्म मादल मर्मतसम्भारका लागि आइका छन् । मादल व्यवसाय गरेर दैनिकी चलाउन धौधौ छ ।”
नेपालीले पुरानो बाजा संस्कृति छोड्दै पछिल्ला केही वर्षयता आधुनिक बाजातर्फ मानिस अग्रसर हुन थालेपछि आफूले बनाएका मादल बिक्री वितरण निकै कम हँुदै गएको बताउनुभयो ।

बागलुङ गल्कोटदेखि मादल व्यवसाय गर्न गुल्मी आउनुभएका नेपालीले पाँच वर्षयता निरन्तररूपमा सदरमुकाम तम्घासबजारमा गोल्कोटे मादल पसलको नामबाट व्यावसायिक रूपमा मादल व्यवसाय गर्दै आउनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News