जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड


 


उर्लाबारी, कार्तिक २९

मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले जेष्ठ नागरिकलाई सम्मान गर्नु पर्नेमा जोड दिनुभएको छ ।  आज जेष्ठ नागरिक एकता समन्वय केन्द्र उर्लाबारीको पाँचौ बार्षिक साधारणसभा तथा चुनाबी सभालाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहनुभएका फागोले सो कुरा बताउनु भएको थियो ।

जेष्ठ नागरिकको हकहितका लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बचनसमेत दिनुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मी भण्डारीले पनि बोल्नुभएको थियो ।

यसैबीच सोही अधिबेशनले गंगाप्रसाद चापागाईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा पदमबहादुर गौतम, सचिवमा ज्ञानप्रसाद निरौला, सहसचिवमा खगमाया नेपाल र कोषाध्यक्षमा दिलबहादुर थापा निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा जगन्नाथ दाहाल, मोतिलाल परियार, पदमराज थापा, घनश्याम भण्डारी, प्रमोद कुमार निरौला लगायत रहनुभएको छ । समितिको लेखा संयोजकमा टंकनाथ दाहाल र सदस्यहरुमा बाशु खुजेली पौडेल र पिताम्बर अधिकारी रहनुभएको छ ।

प्रकाशित मिति: २९ कार्तिक २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्