जानुको कथा र एल्बम विमोचित



काठमाडौँ, मंसिर ५
बेलायतमा रहँदै आएकी ताप्लेजुङकी स्रष्टा जानु काम्बाङ लिम्बूको कथासङ्ग्रह ‘नउघ्रेको जून’ तथा गीति एल्बम ‘जानु’ सोमबार काठमाडौँमा आयोजित एक समारोहमा विमोचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि बैरागी काइँलाले ती कृति विमोचन गरेका हुन् ।

विमोचनमा गायक आनन्द कार्की, गीतकार गंगाराज मुकारुङ, संस्कृविविद् डा। भक्त राई, कवि तथा कथाकार बिना थिङ लगायतले साथ दिएका थिए । उक्त समारोहमा एल्बमभित्रको एउटा गजल ‘कैयौँ प्यासी रातहरू’ र एल्बममा नसमेटएको गीत ‘गर्नु छ एउटा कुरा’माथि बनेको म्यजिक भिडियो समेत प्रदर्शन गरिएको थियो ।

प्रमुख अतिथि काइँलाले जानु काम्बाङ नाम सुन्दै आएको तर पढ्न भने नपाएको बताउँदै जानु प्रतिभाशाली साहित्यकार भएको दाबी गरे ।
कथा सङ्ग्रहको समीक्षा गर्दै थिङले ‘नउघ्रेको जून’का सबै कथाहरू सामाजिक धरातललाई टेकेर लेखिएका यथार्र्थवादी पाएको बताइन् । डा। राईले जानुका गीतहरू अब्बल रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बू, सचिव टीका चाम्लिङ र गीतकार संघका महासचिव शुभ मुकारुङले समेत जानुको लेखनमाथि बोलेका थिए । कथासङ्ग्रमा २० वटा कथा र एल्बममा १० वटा गीत समाविष्ट छन् ।

परदेशमा सधँै कामैकाम मात्र हुने प्रसङ्ग निकाल्दै स्रष्टा जानुले केही फुरेको खण्डमा रेल वा गाडीमा यात्रा गर्दागर्दैको अवस्थामा मोबाइलमा लेख्नु पर्ने स्थितिमा आफूले सिर्जनाहरू गर्ने गरेको सुनाइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2018 Deshko News